Digital Newspaper of Nepal
| Monday, 22 October 2018
Subscribe Google+
Smart 4G

केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको डीपीअार बनाउन नेपाल र चीनबीच नयाँ सहमति

NIC Bank, Long AD

April 18, 2018

काठमाडौं/ चीन सरकारको ‘लगानी’ सहयोगमा बन्ने भनिएको केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको बिस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने विषयमा नेपाल र चीनबीच नयाँ सहमति भएको छ ।

चीन भ्रमणमा रहेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र चीनका विदेशमन्त्री वाङ यीबीचको दुईपक्षीय भेटवार्तामा बुधवार काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्गको डीपीआर तयार गर्ने सहमति जुटेको हो ।

केपी शर्मा ओलीले पहिलोपटक प्रधानमन्त्री हुँदा गरेको चीन भ्रमणका क्रममा उक्त रेलमार्गबारे प्रारम्भिक सहमति भएको थियो । त्यसपछि चिनियाँ टोलीले केरुङ–काठमाडौं र काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको सम्भाव्यता अध्ययन गरेको थियो ।

चिनियाँ टोलीले गरेको प्रारम्भिक सम्भाव्यता अध्ययनबाट रेलमार्ग बिस्तार गर्न सकिने संभावना देखिएपछि चीन र नेपालबीच उक्त रेलमार्गको डीपीआर तयार गर्ने अर्को सहमति भएको हो ।

नेपाल र चीनबीच भएका सन्धि तथा थप योजनाहरुको पहिचानका लागि संयन्त्र बनाउने समेत सहमति भएको परराष्ट्रमन्त्री ज्ञवालीद्वारा जारी प्रेस वक्तव्यमा जनाइएको छ । वक्तव्यमा भनिएको छ, ‘दुई देशबीच भएका सन्धिको कार्यान्वयन तथा दुई देशबीच साझा फाइदाका आधारमा योजनाहरू छनोटका लागि योजना कार्यान्वयन तथा निर्देशन समिति बनाउन सहमति भएको छ ।