Digital Newspaper of Nepal
| Tuesday, 21 August 2018
Subscribe Google+
Smart 4G

तेक्वान्दो संघको प्रदेश नम्बर ३ को कार्यालय ललितपुरमा

NIC Bank, Long AD

April 19, 2018

काठमाडौं । नेपाल तेक्वान्दो संघको प्रदेश नम्बर ३ स्तरीय कार्यालय ललितपुरको मानभवनमा स्थापना भएको छ । देश संघीयतामा गएसँगै खेलकुद क्षेत्रमा तेक्वान्दो संघले संघीय संरचना अनुसार आफ्नो कार्यालयहरु बनाउँदै अगाडि बढेको छ । विहीवार ललितपुरको मानभवनमा स्थापना भएको प्रदेश नम्बर ३ स्तरीय कार्यालयको उद्घाटन नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्शेर राणाले गरेका थिए ।

कार्यालयको उद्घाटन गर्दै राणाले संघीय संरचना अनुसार कार्यालय स्थापना गरि काम अगाडि बढाएकोमा प्रदेश नम्बर ३ को कार्यसमिमितका अध्यक्ष केशव पुरी, महासचिव रमेश खड्कका लगायत सम्पूर्ण कार्य समितिलाई धन्यवाद दिए । प्रदेश नम्बर ३ ले तेक्वान्दोको क्षेत्रमै उत्कृष्ट खेलाडी उत्पादन गर्ने विश्वास राणाको थियो । त्यस्तै महासचिव दीपराज गुरुङले छिटै आफ्नो भवन बनाउँने लक्ष्य सहित अगाडि बढ्न प्रदेश नम्बर ३ को कार्यसमितिलाई अनुरोध गरे । कार्यक्रममा प्रदेश नम्बर ३ का अध्यक्ष केशव पुरीले देशकै प्रदेश मध्ये उत्कृष्ट काम गर्ने गरि प्रदेश नम्बर ३ अगाडि बढेको जानकारी गराए ।