Digital Newspaper of Nepal
| Tuesday, 21 August 2018
Subscribe Google+
Smart 4G

एटलान्टामा नेपालीकल्चर सेन्टर बनाउन एक जुट हुदै नेपालीहरु

NIC Bank, Long AD

May 7, 2018

जर्जिया । अमेरिकाको जर्जिया, एटलान्टामा रहेका नेपालीहरुले आफ्नो भाषा र संस्कृतिको संरक्षण र प्रवद्र्धनका खातिर नेपाली कल्चर सेन्टर बनाउन बिगतदेखि सुरु गरेको प्रयासले सार्थक रुप दिन सुरु गरेको छ । यहाँ बसोवास गर्ने नेपालीहरुले यसलाई ड्रिम प्रोजेक्टको रुपमा समेत लिदै आएका छन् ।समाजका अगुवा व्यक्तित्वहरुबीच आइतबार हिमालयन स्पाइसमा बसेको एक महत्वपूर्ण बैठकले एटलान्टामा रहेका दुई संस्थाहरु नेप्लिज एसोसियसन अफ जर्जिया र नेपाली कल्चर सेन्टरको संयुक्त भूमिकामा सेन्टरको आफ्नै भवन बनाउने प्रयासलाई तीब्रताका साथ अघि बढाउने प्रयास थालेको हो । बैठकले न्याग र एनसीसीलाई सक्रिय संस्थाका रुपमा अघि बढाउनका लागि निम्न निर्णयहरु गरेको छ ।

एनसीसीको विषयमाः
१. आगामी शनिबार नेपाली कल्चर सेन्टरका संयोजक प्रल्हाद पन्तसहित एक विशेष बैठक बसी समस्या र समाधानबारे पहलसुरु गर्ने ।

२. अर्को बैठक एनसीसीकै पहलमा न्याग र एनसीसीका पदाधिकारीसहित आगामी २० तारिकमा बस्ने र कल्चर सेन्टर निर्माणका लागि पहल सुरु गर्ने ।

न्यागको विषयमा
न्यागलाई सशक्त रुपमा सुचारु गर्नका लागि सबैभन्दा पहिले जर्जियामा रहेका नेपालीहरुको उमेर समूह अनुसारको जनसंख्या संकलन गर्नेपर्ने भएकाले सो को सुरुवात गर्न न्यागले पहलसुरु गर्ने । न्यागको परिचयवाचिनारीमध्येको एक महत्वपूर्ण विषय वेबसाईट अपडेट भएकाले न्यागले आफ्नो वेबसाईटलाई अपटूडेट राख्ने प्रयासको सुरुवातगर्ने । बिगत केही महिनादेखि समाज परिवर्तनका लागि हरेक महिनाको पहिलो आइतवार हिमालयन स्पाइसमा यस्तो बैठक बस्दै आएको छ । आगामी बैठक जुनमहिनाको ३ तारिक आइतवार बस्ने भएको छ ।