Digital Newspaper of Nepal
| Monday, 22 October 2018
Subscribe Google+
Smart 4G

दुई करोड नक्कली रुपैयाँसहित तीन पक्राउ

NIC Bank, Long AD

May 16, 2018

काठमाडौँ । दुई करोड भन्दा बढी नेपाली नक्कली रुपैयाँसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले मंगलबार साँझदेखि बुधबार बिहानसम्म गरेका अप्रेशनले तीन जनालाई पक्राउ गरेको हो। महानगरीय प्रहरी परिसरले पक्राउ गरेको तीन जनालाई बुधबार साँझ साढे ५ बजे पत्रकार सम्मलेन गरी सार्वजनिक गर्ने जनाएको छ। श्रोतका अनुसार पक्राउ पर्नेहरूको संख्या बढ्न सक्नेछ । अभियुक्तहरूलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको श्रोतले जनाएको छ ।