Digital Newspaper of Nepal
| Tuesday, 21 August 2018
Subscribe Google+
Smart 4G

कलाकार र पत्रकारलाई सम्मान, क्रान्तीको होईन शान्तिको बिषयमा चलचित्र बनाउनुपर्ने बानियाँको भनाई

NIC Bank, Long AD

May 23, 2018

हेटौडा । अब नेपालमा क्रान्तीको होईन शान्तिको बिषयमा चलचित्र बनाउनुपर्नेमा नेपाली काग्रेश मकवानपुरका सभापती एबं तिन नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्र बहादुर बानियाँले बताएका छन् ।
सोमबार हेटौडामा चलचित्र पत्रकारिता दिबशका अबसरमा चलचित्र पत्रकार संघ मकवानपुरले आयोजना गरेको पत्रकारिता पुरुस्कार एबं कलाकारीता सम्मान प्रदान गर्दै नेता बानियाँले यस्तो बताएका हुन् ।

प्रमुख अतिथी बानियाँले नेपालमा परिस्थिती अनुसारका चलचित्रहरु निर्माण भैरहेकामा अब देश शान्ति र समृद्धीतर्फ लम्केको बताउदै चलचित्रकर्मीहरुले पनि शान्तिकै बिषयमा आभास आउने चलचित्र बनाउन उहाले जोड दिनु भयो । चलचित्रको माध्यामबाट पनि देश समाजलाई चेतनशिल बनाउन सकिने बताउदै देशले खोजेको कथामा चलचित्रहरु निर्माण गर्न चलचित्रकर्मीहरुलाई नेता बानियाँले आग्रह गरे । मकवानपुर चलचित्रकर्मीहरुको हब बन्दै गएको बताउदै नेता बानियाले यहाका चलचित्रकर्मीहरुको सकृयता प्रति आफुहरुले नजिकबाट निहाली रहेको बताउदै चलचित्र क्षेत्रका लागी आफुले निर्बाह गर्ने भुमिकाबाट आफ सक्दो सहयोग गर्ने उनले बताए ।

चलचित्र पत्रकार संघ मकवानपुरले चलचित्र पत्रकारीता दिबशका अबरमा सोमबार २ पत्रकार र २ कलाकारलाई सम्मान प्रदान गरेको थियो । यो बर्षको चलचित्र पत्रकारिता पुरस्कारबाट जनता टेलिभिजनमा कार्यरत पत्रकार रामकुमार एलनलाई नगद ५ हजार सहित र दोश्रो पटक वितरण गर्न लागेको राष्ट्रिय चलचित्र पत्रकारीता सम्मान २०७५ बाट राजधानी दैनिकमा कार्यरत डब्बु क्षेत्रिलाई नगद ११ हजार १ सय ११ रुपैयासहित सम्मान गरीएको छ । यस्तै चलचित्र कलाकारीता सम्मानबाट नायिका निता ढुंगाना र कलाकार शुसान्त श्रेष्ठलाई सम्मान गरिएको छ । चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा आयोजित कार्यक्रममा चलचित्र पत्रकार संघका निबर्तामान अध्यक्ष शान्तिप्रिय र चलचित्र बिकाश बोर्डका अध्यक्ष नरेन्द्र महर्जजनको बिशिष्ठ आतिथ्यता रहेको थियो ।

कार्यक्रममा युवा समितिका अध्यक्ष संन्तोष चौलागाई,निर्माण ब्यबसायी संघका अध्यक्ष आननद पराजुली,उधोग संघका अध्यक्ष नवराज अर्याल,चलचित्र निर्देशक समाजका निबर्तामान उपाध्यक्ष सुमन दाहाल,नेपाल पत्रकार महासंघ प्रदेश न तिनका महासचिब कृष्ण शारु मगर,जिल्ला अध्यक्ष हरी हुमगाई लगायतले शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रममा सम्मान ग्रहण पछि नायिका निता ढुंगानाले हेटौडाले आफुलाई संझेर सम्मान गरेकोमा आभार ब्यक्त गरिन । कलाकै माध्यबाट जिल्ला चिनाई रहेका कलाकार शुसान्त श्रेष्ठले सम्मानबाट अझ दायित्व बढेको बताए । उता आफुलाई कलाको पत्रकारितामा गहकिलो मुल्याकन गरी पुरुस्कार सम्मान गरेकोमा आयोजक प्रति आभार ब्यक्त गर्दै पत्रकार राम कुमार एलनले कलम चलाउन उर्जा थप्पिएको बताए । यस्तै पत्रकार डब्बु क्षेत्रीले चलचित्र पत्रकारीतामा आफुले लामो समय कलम चलाएको अझ उर्जा थप्पिएको बताए ।