Digital Newspaper of Nepal
| Tuesday, 21 August 2018
Subscribe Google+
Smart 4G

अमेरिकी अस्पतालको एक शैयाबाट देश सम्झिरहेको एक राष्ट्रसेवक

NIC Bank, Long AD

May 23, 2018

एटलान्टा, अमेरिका । जीवनको सम्पूर्ण उर्जा राष्ट्रसेवामा समर्पित गर्नुभएका सेवानिवृत सरकारी अधिकारी हेमराज सापकोटा गम्भीर बिरामी पर्नुभएको छ । उहाँलाई अमेरिकाको जर्जिया राज्यस्थित एटलान्टाको सेलेक्ट स्पेसियालिटी हस्पिटलको आइसीयूमा राखेर उपचार गरिराखिएको छोरा सञ्जीव सापकोटाले जानकारी दिनुभएको छ । हृदयघातको समस्याबाट अस्पताल भर्ना हुनु भएका सापकोटा केही समयअघि आफ्नो सन्तानका लागि अमेरिका आउनुभएको थियो ।

नेपालमा ३४ वर्ष सरकारी सेवामा रहनुभएका सापकोटाले देशका करिब दर्जन जिल्लाहरुमा सीडीओ भएर काम गर्नु भएको थियो । सरकारी सेवामा कर्तव्यनिष्ठ भएर कर्म गर्नुभएका सापकोटाले देशका विभिन्न जिल्लामा रहँदा जिल्ला र देशका लागि अविस्मरणीय कर्म गर्नुभएको छ । अस्पतालको शैयामा हुनुहुन्छ तर हम्मेशा देश सम्झिरहनुभएको छ उहाँका छोरा डा। सञ्जीव साकपोटाले भन्नुभयो ।