Digital Newspaper of Nepal
| Saturday, 20 July 2019

सितल छहारी लिएर उदाएका शितलराज गिरी

May 27, 2018

काठमाण्डौं । नबप्रतिभा शितलराज गिरीले नयाँ लोक दोहोरी गीत दुब्लिकेट लभ लिएर आएका छन् । प्रेम समातको शब्दमा रहेको उक्त गीत चर्चित गीतकार तथा लेखक महेश नेपालको लयमा शितलराज गिरी र रीता रार्जेले सुमधुर स्वरमा ल्याएका छन् । सो गीतको एरेन्ज बिष्णु तामाङले गरेका छन् । गीतको भिडियोमा रोशन, निरुता, उमेश र सिर्जनाले अभिनय गरेका छन् भने निर्देशन पनि गायिका स्वयम् रीता रार्जेले नै गरेकी छन् ।

 

शितलराजले यस अघि पनि थुप्रै गीत गाईसकेका छन् “पहिलो भेट, सिन्धुपाल्चोक घर, बाइक चडेसी दिनै छाड्यौ बाल” बोलको गीतमा आफनो सुमधुर स्वर भरेका छन् । “सिन्धुपाल्चोक घर” शिर्षकको गीत लिएर पहिलो गीति एल्बमबाट समाजिक सञ्जालमा भइरल बनेका थिए । सिन्धुपाल्चोकमा घर भएका गिरी हाल बैदेशिक रोजगारीको सिलशिलामा मलेसियमा छन् । कार्यबिधीको सिलशिलामा रचना गरिएका र गाइएका गीतले दर्शक तथा श्रोतको मन जितेकोमा खुशी हुदै हामीसंग कुराकानीको क्रममा भनेका छन् “अब छिट्टै नै ३ वटा गीतको तयारी भइरहेको छ र बिगतमा जस्त हेरेर प्रतिक्रिया दिएर माया गरिदिनु हुने सम्पूर्ण श्रोता तथा दर्शकलाई धेरै धन्यवाद दिन चाहन्छु ।”