Digital Newspaper of Nepal
| Wednesday, 24 April 2019

‘भाइरल भइदियो’का गायकलाई २० लाखको अफर

May 29, 2018

काठमाडौं । भाइरल भइदियो’ गीतबाट पछिल्लो समय चर्चामा रहेका गायक मानस राजलाई इण्डियन म्युजिक कम्पनि विंग्स इन्टरटेन्मेन्टले २० लाख रुपैयाँको अफर दिएको छ । कम्पनीले उनलाई सो रकममा एक एल्बमका लागि साइन गराएको हो । कम्पनीका चेयरम्यान प्रकाश रोहरा र गायक मानसले हालै लिखित सम्झौता गरेका छन् । एल्बममा राखिने ४ गीतको काम लगभल फाइनल भएको र अन्य ४ गतिको काम गर्न बाँकी रहेको छ । फेरी टेल्स नामक युट्युब च्यानललाई ६१ भाषामा सञ्चालन गरिरहेका प्रकाशले नेपालमा गीत संगीतको बढ्दो लोकप्रियता देखेर आफु पनि होमिएको बताए ।

पछिल्लो समय नेपाली गीत संगीतले युट्युबमा सहजै करोड भ्युज क्रस गर्न थालेपछि आफ्नो टीम लगानीको लागि इच्छुक भएको प्रकासले बताए । एल्बममा रोमान्टिक गीतहरु हुने मानसले बताएका छन् । केहि गीतको भिडियो पनि छिटैनै छायाँकन गरिनेछ । एल्बम अगष्टमा लन्च गर्ने तयारी रहेको छ ।