Digital Newspaper of Nepal
| Monday, 10 December 2018
Subscribe Google+
Smart 4G

सुनकाण्डको अनुसन्धान पूर्वाग्रही छैन, अनुसन्धान प्रभावित पार्ने अभिव्यक्ति नदिऔं : गृह मन्त्रालय

NIC Bank, Long AD

June 4, 2018

काठमाडौं । गृह मन्त्रालयले गायब भएको भनिएको साढे ३३ किलो सुन र सनम शाक्य हत्याको अनुसन्धानबारे विभिन्न निकायका व्यक्तिहरुले अनुसन्धानबारे व्यक्त गरेको धारणाप्रति आपत्ति जनाएको छ ।

गृहले एक विज्ञप्ति जारी गर्दै अनुसन्धान र अदालतमा विचाराधीन रहेको मुद्दाको विषयमा सार्वजनिक भएका धारणाप्रति आपत्ति जनाएको हो । गृहको विज्ञप्तिमा अनुसन्धानमा कोही व्यक्ति, पदाधिकारीप्रति आग्रह पूर्वाग्रह नराखी प्रचलित कानुनले दिएको अधिकारअनुसार भएको उल्लेख छ ।

विज्ञप्तीमा भनिएको छ, “अनुसन्धान कार्य सम्बन्धमा अदालतमा विचाराधीन अवस्थामा रहेका संवेदनशील अवस्थामा रहेका विषयमा भ्रामक धारणा सार्वजनिक भइरहेकोप्रति ध्यानाकर्षण भएको छ ।”

आइतबार नेपाल प्रहरीका तीनजना पूर्वप्रहरी उच्च अधिकारीले सुनकाण्डको अनुसन्धान सम्बन्धमा प्रश्न उठाएपछि सोमबार मन्त्रालयले विज्ञप्ति जारी गरेको हो ।

यस्तो छ मन्त्रालयले जारी गरेको विज्ञप्तिः