Digital Newspaper of Nepal
| Saturday, 17 November 2018
Subscribe Google+
Smart 4G

ह्याण्ड नेपाल र स्वास्थ्य क्षेत्रमा समाजसेवा

NIC Bank, Long AD

June 9, 2018

संसारका सबै प्राणीको अमूल्य धन भनेकै स्वास्थ्य हो । कुनैपनि प्राणी स्वस्थ भएर बाँच्न सकेन भने उ आजीवन दुखी भएर बाँच्न बाध्य हुन्छ । अझ सृष्टिकै सुन्दर फूलजस्तो यो मानव जीवनमा स्वास्थ्यको पक्षमा अत्यन्त महत्वपूर्ण हुने गरेको छ । हामी मानव जीवनलाई सन्तुलित आहार, व्यवहार र व्यायामले अझ स्वस्थ राख्छ, तर पनि कैयौं बाध्यताका बीचमा हामी स्वस्थ जीवन–यापन गर्न सकिरहेका छैनौं । केही अज्ञानताको कारण पनि छन् तर तिनै अज्ञानता र मानव स्वास्थ्यको व्यवस्थापनको लागि हाम्रो समाजमा बिभिन्न स्वास्थ्य संघसंस्था लागिपरकेका छन् । जसबाट हामीले दैनिक उपयोगी सल्लाहलाई सिरोपर्य गर्न सकेमा हाम्रो जीवन स्वस्थ रही व्यतित गर्न सक्छौ ।


हाम्रो समाजमा बिभिन्न स्वास्थ्य सम्बन्धी महत्वपूर्ण कामहरु गर्दै आएका मध्येको एक प्रभावकारी स्वास्थ्य संस्था स्वास्थ्य तथा सचेतनाको लागि सहयोगी नेपाल (HAND NEPAL) पनि एक सशक्त रुपमा समाजमा परेका बिभिन्न कारणबाट द्धन्द्ध पिडित, प्रकृतिक बिपत्ति र अन्य भइपरी आउने आपत्तिहरुमा साच्चिकैको बिपदको साथी बनेर समाजमा महत्वपूर्ण काम गरिरहेको छ । स्थानीय एवं सामुदायिक अभियानको रुपमा वातावरण स्वच्छ राख्ने, बिकट तथा पिछडिएको समुदायको बिशेष गरी स्वास्थ्य क्षेत्रमा पहुँच बढाउने, आर्थिक, सामाजिक तथा शारिरीक रुपमा अशक्त कमजोर व्यक्तिहरुका लागि सिपमूलक, सिर्जनात्मक कार्यक्रम मार्फत पहँच बढाई आत्मनिर्भर बनाउने, एड्स, हेपटाइटिस जस्ता संक्रामक तथा प्राणघातक रोगको रोकथाम लागि जनचेतना बृद्धि गर्ने र मानवीय भेदभावलाई अन्त्य गर्ने उद्देश्यको साथमा यो संस्था बि.स. २०७१ सालमा काठमाण्डौमा स्थापित भएको हो । यो संस्थाले मुख्यतया बिकट गाउँलाई आफ्नो कार्यथलो बनाएको छ भने भबितब्य परेको बेलामा शहर वा नेपालको जुनसुकै स्थानमा पनि आफ्नो सेवा पुर्याउन कत्ति पनि ढिलो गरेको छैन । यो संस्थाको मुख्य उद्देश्य भनेकै द्धन्द्ध तथा युद्ध पिडित, प्राकृतिक बिपत्ति तथा अन्य भईपरी आउने आपत्तिहरुमा मानविय सहायताको बिबिध काम गर्ने रहेको छ । प्राथमिक स्वास्थ्य उपचारका बिबिध सेवाहरु संचालन एवं महामारी तथा संक्रमित साबधानी र जनचेतना मूलक कार्यक्रमहरु गर्दै आएको छ ।


देशका बिभिन्न स्थानहरुमा स्वास्थ्य शिबिर र अन्य कार्यक्रमहरु राख्ने क्रममा काठमाण्डौंको बग्गीखानामा २२, कात्र्तिक २०७१ मा ट्राफिक केन्द्रीत स्वास्थ्य शिबिर, मदनपुर ३५ किलो, नुवाकोटमा २०७१ फागुन २९, ३०, दुई दिने स्वास्थ्य शिबिर, काठमाण्डौंको कोलम्बस कलेजमा १, डिसेम्बर २०१७ मा एच.आई भि. बारेमा सचेतना कार्यक्रम, मालिकाबोता, जुम्लामा १३, चैत २०७२ मा स्वास्थ्य शिबिर– कुञ्चोक, पिपलडाडाँ र स्याउले, सिन्धुपाल्चोकमा २१, बैशाख २०७३ त्यस्तै गरि २७, बैशाख २०७३ मा भुकम्पलगत्तै स्वास्थ्य शिबिर, गाख्खु, गोरखामा २३, बैशाख २०७३ भुकम्पलगत्तै स्वास्थ्य शिबिरको साथै भुकम्प पिडितलाई सहयोग सामग्री बितरण, गाउँखर्क नुवाकोटमा २९, बैशाख २०७३ मा भुकम्प पिडितलाई सहयोग सामग्री बितरणका साथै प्रभावकारी कार्यक्रम सञ्चालन गरेका थिए । साथै सोही बेलामा स्थानीयलाई राहातको लागि जस्तापाता र बिद्यार्थीहरुका लागि शैक्षिक सामग्री कापी, किताब, कलम लगायत स्टेशनरी सामान पनि बितरण गरेका थियो ।


त्यसैगरी काठमाण्डौंको मनमैजुमा Creative Children Society 2073 भाद्रमा स्वास्थ्य शिबिरका साथै स्टेशनरीका सामान बितरण गरेको थियो । २१, कात्र्तिक २०७४ मा मिनभवन, काठमाण्डौंमा रक्तदान कार्यक्रम, १४, फागुन २०७३ मा आत्महत्या रोकथाम सचेतना कार्यक्रम सेन्ट जेभियर कलेज काठमाण्डौं, १५, फागुन २०७३ मा आत्महत्या रोकथामबारे बहस कार्यक्रम, अर्किड इन्टर नेशल कलेज काठमाण्डौं, १९, चैत २०७३ मा स्वास्थ्य शिबिर, मुसहरबस्ती–बर्दिबास महोत्तरी, ९, मंसिर २०७४ मा स्वास्थ्य शिबिर कार्यक्रम संचालन गरेको थियो । १४, साउन २०७४ मा स्वास्थ्य शिबिर, तिनी–मुस्ताङमा, प्रथम स्वास्थ्य आन्तरिक फुट्सल प्रतियोगिता शान्तिनगर काठमाण्डौं, २१, साउन २०७४ मा स्वास्थ्य शिबिर ग्वालटार सिन्धुली र विश्व आत्महत्या रोकथाम सचेतना दिवसमा बिशेष छलफल गरेको थियो । यस्तै गरी यही मिति ०५, जेठ २०७५ मा एकदिने कार्यशाला Costumer Care And Relationship Management in Health Care Institute  जसमा सेवा ग्राहीप्रति स्वास्थ्य संस्था र त्यहाँ कार्यरत कर्मचारीहरुले गर्ने व्यवहार र सुधार्नु पर्ने व्यवहारिक पक्षबारे तालिम र छलफल नयाँ बानेश्वरको शिभिल अस्पतालमा संचालन गरेको थियो । जसमा बिभिन्न अस्पतालका ४५ जनाले भाग लिएका थिए । यस्तै गरी यो संस्थाले नेपालको बिभिन्न स्थानमा महत्वपूर्ण कार्यक्रमहरु गर्दै आएको छ ।

बिगत २०७२ सालमा गएको महाभुकम्पमा पनि करिब १० वटा जिल्लामा सक्रिय सहभागिताका साथ तत्काल उद्धारको लागि स्वास्थ्य शिबिर सञ्चालन गरेर करिब २० हजार मासिनहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा निशुल्क स्वास्थ्य सुबिधा दिएको थियो । संगसंगै बिभिन्न बिपत्तिमा परेका तिनै नेपालीहरुको साथी बनेर प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा स्वयम् सेवकको रुपमा पनि कार्यक्रम गर्दै आएको छ । २०७४ मा तराईमा बाढी जाँदा पनि धेरै स्थानमा निशुल्क स्वास्थ्य शिबिर सञ्चालन गरेको थियो । सो कार्यक्रमबाट धेरै बाढी पिडितले साह्यता पाएका थिए । आफ्नो स्वास्थ्य सामग्री नहुँदाको बखतमा आफ्ना दक्ष स्वास्थ्यकर्मीहरुलाई स्वयम् सेवकको रुपमा पनि खटाएर आम नेपालीको सच्चा साथी बनेको छ । साथै बिभिन्न समयमा धेरै प्रभावकारी कार्यक्रमको मूल सहयात्री तथा सहयात्रीको अनुभव बाड्दै अघि बढेको यो संस्था हालसम्म पनि उत्तिकै जनप्रिय बनेको छ । भुकम्पलगत्तै स्वास्थ्य सामग्री र संस्थाका साथीहरु लिएर सिन्धुपाल्चोकको कुञ्चोकमा पुगेका बेला त्यहाँ स्वास्थ्य शिबिर संचालन गरेको थियो सो बेला करिव ९ सय जना भुकम्प पिडितले निशुल्क स्वास्थ्य सेवा लिएका थिए । स्थानिय इन्द्रावती गाउँपालिकाको वडा नं २ का अध्यक्ष बिरबहादुर तामाङ भन्छन् “यस ह्याण्ड नेपालको यो स्वास्थ्य शिबिरले कुञ्चोकबासीलाई धेरै ठूलो राहात दिएको छ आगामी दिनमा पनि हामी यस्तै कार्यक्रमको अपेक्ष राख्छौ र ह्याण्ड नेपाललाई धेरै–धेरै धन्यवाद दिन चाहान्छौ ।” स्वास्थ्य शिबिरमा बिभिन्न प्राथामिक उपचारदेखि माथिल्लो बर्गसम्मका उपचारको व्यवस्था गरिएको थियो । स्वास्थ्य शिबिर सकेर हामीसंग कुराकानीको क्रममा यस संस्थाकी महासचिव सुशिला खनाल भन्नुहुन्छ “यस्ता सामाजिक काम गर्न पाउँदा हामी धेरै खुशी छौं । सबैजनाको पिडामा मल्हम लगाउदै एउटै परिवारबाट पाएको त्यो मायाले अझ जिम्मेवरी थपिएको बोध भएको छ । यस्तो कामले साच्चै हाम्रो मनोबल बढेको छ साथै मनमा शान्ति मिल्छ । यस कारण पनि हामी देशका बिभिन्न स्थानमा गएर आमाबुबा, दाजुभाई र दिदीबहिनीहरुलाई जस्तोसुकै बेलामा प्रत्यक्ष/अप्रत्यक्ष निशुल्क स्वास्थ्य शिबिर सञ्चालन र उचित सल्लाह दिन्छौ ।”


१३ जनाको कार्यकारी समिति, करिव २० जना साधरण र थुप्रै सुभचिन्तक सदस्यहरुको यो संस्था बिगत ४ वर्षदेखि निरन्तर हरेक नेपालीको दुखमा मल्हम लगाउँदै आएको यो संस्थाले समाजको लागि धेरै योगदान गरेको छ । बिभिन्न समयमा जनचेतनाको कार्यक्रममार्फत जनतालाई स्वस्थ बनाउँदै समय–समयमा चिकित्सक र अस्पतालको कर्मचारीलाई बिरामीप्रति गरिने सकारात्मक व्यवहार सम्बन्धी तालिम पनि प्रदान गर्दै आएको छ । बिरामी भएर गएका ति व्यक्तिहरुलाई चिकित्सक र अस्पतालको कर्मचारीहरुले सकारात्मक व्यवहार गरिदिएमा बिरामीमा हुने ४५ प्रतिशत चिन्ताको कारणबाट मनोबैज्ञानिक रोगको समस्या ठिक हुने एक अनुसन्धानले देखाएको छ, जसको कारणबाट बिरामी लामो समयसम्म ढुक्क भएर बाँच्न सक्छन् ।


यो संस्थाको आगामी प्रभावकारी कार्यक्रमहरुमा ICU APP निमार्ण भैसकेको र छिट्टै नै सार्वजानिक गर्ने योजनाको साथ अगाडि बढेको छ । जसमा अस्पतालमा हुने ICU Bed को संख्या खाली छ वा छैन भन्ने थाहा पाउन सकिनेछ । जसले गर्दा बिरामीको ज्यान बच्ने, समयको बचत हुने र घरमै बसेर पनि डाक्टर वा सर्बसाधरणले बिभिन्न अस्पतालको बारेमा जानकारी लिन सक्नेछन् । स्वास्थ्य संस्थाले, सेवाग्राहीप्रति गरिनु पर्ने सकारात्मक व्यवहारका बारेमा कार्यशाला गोष्ठी गर्दै जाने, सबै विद्यालयदेखि कलेजसम्म त्यस कलेजका बिद्यार्थी संख्या अनुसार  First Aid Training  र First Aid Kit  राख्न अनिवार्य पहल गर्ने रहेको छ । त्यस्तै गरी सार्वजानिक सवारी साधन चालक र सहचालकलाई तालिम सहित First Aid Training  र First Aid अनिवार्य राख्न तत्सम्बन्धित मन्त्रालयसंग पहल गर्ने रहेको छ । जसबाट अचानक हुने दुघटनाबाट सिघ्र उपचार गरी सर्बसाधरणको ज्यान बचाउन सकिन्छ । आत्महत्या रोकथाम सचेतनाका कार्यक्रमलाई उपत्यका बाहिरका बिभिन्न जिल्लाहरुमा प्रभावकारी रुपमा संचालन गर्दै लैजाने पनि रहेको छ ।


महाभुकम्प पश्चात झापाको बिर्तामोड युवा क्लबले संस्थालाई साथमा साथ दिएको थियो । जसमा बिर्तामोड युवा क्लबका सक्रिय सदस्यहरु संस्थाका साथीहरुसंगै भुकम्प प्रभाबित जिल्लामै गएर सरसफाई गर्ने, शौचालय बनाउने, भत्केका घरका भग्नावशेष व्यवस्थापन गर्न सहयोग गर्नु भएको थियो । यससंगै बिभिन्न स्वास्थ्य संस्थाका तर्फबाट Quick Volunteer हरुले समय–समयमा आवश्यकता अनुसार सहयोग गरिदिनु भएको छ ।

सहयोगी मनहरुले यो संंस्थाप्रति गरेको सहयोग र संस्थाकै सम्पूर्ण सदस्यहरुबाट संकलित रकमबाट संञ्चालनमा रहेको यो संस्थालाई कुनै फाउण्डेशन वा सरकारी पक्षबाट सहयोग भएमा अझ थुप्रै प्रभावकारी कार्यक्रम ल्याउने संस्थाका अध्यक्ष प्रदिप शर्माले कुराकानीको क्रममा बताउनु भयो । साथै उहाँभन्नु हुन्छ “यस संस्थालाई तन, मन, धन, बचन र आफै सहभागी भएर सहयोग गर्नुहुने व्यक्ति, संस्था, प्रायोजक र सल्लाहकार सबैलाई हृदयदेखि धेरै नै धन्यवाद । आगामी दिनमा पनि तपाईहरुकै यस्तै साथ र सहयोगबाट धेरै मानिसको जीवन बचाउने यो महान् अभियानमा हामी लागिरहने छौ ।”

यस्तै सहयोगी मनहरुको सहयोग अपेक्षा पनि यो संस्थाले लिएको छ । जसको कारणबाट अझ थप नेपालीको स्वास्थ्यलाई स्वस्थ बनाउदै सबैको मन जित्न सफल रहनेमा संस्था ढुक्क छ । र, हामी पनि यो संस्थाको आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्दै थुप्रै सफलताले शिखर चुमुन् भन्दै प्रगतिको कामना गर्दछौं ।

जीवन बानियाँ

jeevanbaniya@gmail.com