Digital Newspaper of Nepal
| Wednesday, 21 August 2019

नेपाली मूलकी महिला बनिन् दक्षिण कोरियाकै पहिलो विदेशी प्रहरी

June 17, 2018

काठमाण्डौ । नेपाली मूलकी एक महिला दक्षिण कोरियाकै पहिलो विदेशी प्रहरी भएकी छन्। दक्षिण कोरियाली नागरिकसँग बिहे गरेर गएकी २८ वर्षीया सम्झना राईले हालै राज्य प्रशासन प्रहरी परीक्षा पास गरेकी ग्वान्जुस्थित चोसुन विश्वविद्यालयले जानकारी दिएको छ। उनी विश्वविद्यालयमा प्रहरी प्रशासन संकायकी सिनियर विद्यार्थी थिइन्।

कोरिया टाइम्सका अनुसार कोरियाभन्दा बाहिरका देशबाट प्रहरी परीक्षा पास गर्ने सम्झना पहिलो विद्यार्थी हुन्। सम्झनाले अब केन्द्रीय प्रहरी एकेडेमीमा पूर्व-नियुक्तिको ८ महिने तालिम लिनुपर्नेछ। त्यसपछि जेयोन्जी प्रान्तीय प्रहरी एजेन्सीमा वैदेशिक मामिला विभागमा काम गर्नेछिन्। सम्झना सन् २०१० मा नेपालबाट दक्षिण कोरिया पुगेकी थिइन्। उनी दम्याङ, दक्षिण जिओला प्रान्तमा बस्छिन्। सन् २०१५ मा उनी विश्वविद्यालय भर्ना भएकी थिइन्।

यसरी प्रहरीमा नियुक्त हुने आफू पहिलो विदेशी विद्यार्थी भएकामा सम्झनाले भनेकी छन्, प्रहरी अधिकृत बन्ने मेरो यात्रा एकदमै लामो र गाह्रो रह्यो। मेरा प्राध्यापक र साथीहरूको साथले मलाई यहाँसम्म ल्याइपुर्याएको छ। यसनिम्ति म सबैलाई धन्यवाद दिन चाहन्छु।

(कोरिया टाइम्स)