Digital Newspaper of Nepal
| Saturday, 20 July 2019

फुटबलप्रेमीका लागि खुसीको खबर, ठमेलमा देशकै ठूलो एलईडी पर्दामा निशुल्क विश्वकप हेर्न पाइने

June 23, 2018

काठमाडौं । के तपाईं ठूलो पर्दामा निशुल्क विश्वकप फुटबल हेर्दै खाना र खाजाको मज्जा लिन चाहनुहुन्छ ? यदि त्यस्तो चाहनुभएको छ भने तपाईंको चाहना पूरा गर्दैछ, काठमाडौंको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा रहेको छायाँ कम्प्लेक्स र ओजी लञ्जले । विश्वकप सुरु भएदेखि नै ठमेलको नरसिंह चोकस्थित कम्प्लेस र लञ्जले यो स्किम ल्याएको हो । विशेष छुटमा खाना तथा खाजा खाँदै सुरक्षित वातावरणमा विश्वकप हेर्न पाइने भएकाले यहाँ दर्शकहरुको उल्लेख्य उपस्थिति रहँदै आएको छ । करिब ३ हजार दर्शकले एकैचोटि यहाँ विश्वकप हेर्दै रमाइलो गर्न सक्नेछन् । रमणीय वातावरण र प्रशस्त पार्किङको व्यवस्था भएकाले पनि यहाँ विश्वकप फुटबल हेर्न सहज छ । उपस्थितहरुमध्येबाट दैनिकरुपमा गिफ्ट ह्याम्पर र जर्सीको व्यवस्था गरिएको सञ्चालन दिनेश श्रेष्ठले जानकारी दिए । यो स्किम विश्वकप खेल अवधिभर सञ्चालन हुनेछ । विश्वकपको फाइटल खेल हेर्न आउने दर्शकमध्येलाई लक्की ड्रमार्फत् स्कुटर उपहार प्रदान गरिने सञ्चालकले जनाएका छन् । यहाँ प्रदर्शन हुने एलईडी पर्दा नेपालभरकै सबैभन्दा ठूलो भएको सञ्चालको दाबी छ । यहाँ ठमेलका अरु होटल रेष्टुरेन्टमा भन्दा सस्तोमा गुणस्तरीय खानपानको व्यवस्था छ ।