Digital Newspaper of Nepal
| Sunday, 21 October 2018
Subscribe Google+
Smart 4G

अमेरिकामा तेक्वान्दो खेलवारे चिन्ता र चासो

NIC Bank, Long AD

July 5, 2018

अमेरिका । नेपाल तेक्वान्दो संघ प्रदेश नं ३ का अध्यक्ष केशव पुरी र महासचिव रमेश खड्काको अमेरिका भ्रमणमा नेपालमा तेक्वादो खेललाई सुधार गर्ने र उत्कृष्ट बनाउँने वारे चासो र चिन्ता जाहेर भएको छ । अन्र्तराष्ट्रिय नेपाल तेक्वान्दो संघ अमेरिकाका पदाधिकारीहरुले नेपालको तेक्वादो खेलको विकासका लागि चासो देखाएको हो । नेपाल तेक्वान्दो संघ प्रदेश नं ३ का अध्यक्ष पुरी, महासचिव खड्का र सन्जय ढकाललाई सम्मान गर्दै माउन्ट एभरेष्ट तेक्वान्दो प्रतियोगिता लगाएतमा प्रवासी नेपाली खेलाडीहरुको समान सहभागीताको माग गरिएको थियो । सम्मान गरेकोमा प्रदेश नम्बर ३का अध्यक्ष पुरी र खड्काले अन्र्तराष्ट्रिय नेपाल तेक्वान्दो संघ अमेरिका धन्यवाद दिनुभयो । कार्यक्रममा अन्र्तराष्ट्रिय नेपाल तेक्वान्दो संघ अमेरिका अध्यक्ष विधान लामा, महासचिव नारायण गुरुङ, सबिता राजभण्डारी, किशोर श्रेष्ठ, निर्मल श्रेष्ठ, निरन्जन श्रेष्ठ, रेनुका मगर, पासाङ लामा, सपना मल्ल लगायतको सहभागीता थियो ।