Digital Newspaper of Nepal
| Tuesday, 21 August 2018
Subscribe Google+
Smart 4G

पहिला डा. गोविन्द केसीको उपचार, त्यसपछि वार्ता सरकारको दायित्व

NIC Bank, Long AD

डा. केसी लिन जुम्ला पुग्यो हेलिकोप्टर, समर्थकको अवरोध

July 19, 2018

काठमाडौं । सरकारले जुम्लामा विगत २० दिनदेखि अनसरत डा. गोविन्द केसीको उपचारलाई पहिलो प्राथमिकता दिएको स्पष्ट पारेको छ । शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले बिहीबार बिहान मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सरकारको पहिलो प्राथमिकतामा डा।केसीको जीवन रक्षा गर्नु रहेकाले उनलाई सकेसक्क काठमाडौमै ल्याएर उपचार गर्ने सरकारको प्रयास भएको बताए ।

‘डा. केसीको स्वास्थ्य अवस्था अत्यन्त नाजुक भएको भन्ने सुनिएको छ, जुम्लामा आईसियु समेत नभएकाले हामीले डा। केसीलाई काठमाडौ ल्याउन मन्त्रालयको टोली हेलिकोप्टरसहित जुम्ला पठाएका छौ । सकभर काठमाडौमै ल्याएर उपचार गर्ने त्यो सम्भव नभए कर्णालीकै सुविधा सम्पन्न अस्पतालमा लगेर उपचार गर्ने सरकारको तयारी छ उपचारपछि वार्ता र छलफल गर्ने कुरा छदैछ’ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले जानकारी दिए ।

डा. केसीलाई लिन शिक्षा मन्त्रालयका सहसचिव गुणराज लोहनी नेतृत्वको टोलीमा कर्णाली प्रदेशका मुख्यमन्त्री र मन्त्री समेत जुम्ला गएको मन्त्री पोखरेलले जानकारी दिए ।

त्यस्तै उनले डा। केसीले भनेजस्तो विधेयक फिर्ता नहुने र उहाँका मागहरु हुँबहू पुरा गर्न पनि नसकिने स्पष्ट पारे । उता डा केसी लिन गएको टोलीलाई केसी पक्षधरले अनसनस्थलमा पस्न नै नदिएको बताइएको छ ।
अनशनरत डा। गोविन्द केसीलाई काठमाडौं ल्याउन नेपाली सेनाको हेलिकोप्टर जुम्ला पुगेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले डा। केसीको उपचारमा सीसीयू अनिवार्य भएको खबर पठाएपछि सरकारले शिक्षासचिव र डाक्टरहरुको टोलीसहित नेपाली सेनाको हेलिकोप्टर पठाएको हो । टोलीमा कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाही र गृहमन्त्री नरेश भण्डारी पनि छन् ।

डा. केसीको जीवन रक्षा सरकारको दायित्व भएकाले काठमाडौं ल्याउन हेलिकोप्टर पठाएको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बताए । यसका लागि वातावरण बनाउन प्रदेश सरकारलाई आग्रह गरेको भन्दै उनले भने, ‘उहाँहरुलाई भनेका छौं कि यता उठाउनुस्, नभए जिम्मा लिनुस् ।’

मन्त्री पारेखलका अनुसार डा। केसीलाई काठमाडौं ल्याएर शिक्षण अस्पतालमा उपचार गराउने तयारी गरिएको छ ।

तर, डा. केसीले काठमाडौं आउन मानेका छैनन् । माग पुरा नभएसम्म जुम्लामै अनसन बस्ने अडान लिएका उनले सरकारले आफ्नो अपहरण गर्न खोजेको आरोप लगाए ।

उनका समर्थकहरुले पनि अवरोध खडा गरेका छन् । चिकित्सक र सर्वसाधारण सरकारले मानव साङ्लो बनाएको केसीनिकट चिकित्सक विषद् दाहालले जानकारी दिए ।

शिक्षामन्त्री पोखरेलले भने डाक्टर आफैंले डाक्टरहरुको सेवा नै लिन्न, काठमाडौं आउँदिन भन्नु अनौठो भएको भन्दै डा। केसीलाई केही भए उनी स्वयंम र कर्णाली लैजानेहरुले जिम्मा दिनु पर्ने बताएका छन् ।