Digital Newspaper of Nepal
| Sunday, 21 October 2018
Subscribe Google+
Smart 4G

सरकारसंगको वार्ताका लागि डा. गोविन्द केसी काठमाडौं आए

NIC Bank, Long AD

July 19, 2018

काठमाडौं । जुम्लामा अनसनरत डा. गोविन्द केसी काठमाडौं आएका छन् । स्थानीय प्रशासनले बल प्रयोग गर्दा भएको झडपमा थुप्रै विद्यार्थी घाइते भएपछि डा. केसी काठमाडौं आउन तयार भएका हुन् ।

झडपका क्रममा एक जना प्रहरीसमेत घाइते भएका थिए । अस्पतालमा भएको झडपबाट डा. गोविन्द केसी निकै दुखी भएका छन् । उनले रुँदै म काठमाडौं जान्छु भन्दै अस्पतालबाट बाहिरिएका थिए ।

झडपपछि मुख्यमन्त्रीको टोली नेपाली सेनाको भगवती दल गणमा गएर बसेको थियो । झडपका क्रममा अस्पतालमा क्षती पुगेको छ  भने केही घाइते समेत भएका छन् । झडपपछि केसीपक्षधरसँग लोहनीलगायतले छलफल गरेका थिए । छलफलपछि लोहनी काठमाडौ आउन तयार भएका हुन् ।

यसैबीच डा केसीले एक पत्रकार सम्मेलनमार्फत सरकारले जबरजस्ती बल प्रयोग गरेर अस्पतालमा समेत क्षति पुर्याउन खोजेको भन्दै आफू काठमाडौं जान तयार भएको बताएका छन् । केसी समर्थकले डाक्टर केसीकै मुखबाट काठमाडौं जान लागेको सुन्नलाई माग गरेपछि सर्वसाधारणलाई केसीले सम्बोधन गरेर मात्रै हेलिकप्टर चढ्ने भएका छन् ।