Digital Newspaper of Nepal
| Wednesday, 21 August 2019

साहाराले चर्चामा पुर्यायो चन्द्रसिं तमुलाई

August 13, 2018

काठमाण्डौं । पछिल्लो समय निकै व्यस्त र चर्चित पप गायक चन्द्रसिं तमुले नयाँ पप गीत साहारा म्युजिक भिडियो बजारमा सार्वजानिक गरेका छन् । प्रेममा चुर्लुम्म डुबेका प्रेमिल प्रेमी–प्रेमिकाको यथार्थ कथा बोकेको गीतले नेपाली गीत संगीतको बजार तताएको छ भने युवा युवतीको मनमा यो गीतले डेरा जमाएको छ । एसियन म्युजिकको सहकार्यमा साहारा एल्बम बजारमा उपलब्ध छ । यस गीतमा चन्द्रसिं तमुको स्वर र जीतेन लेप्चाको शब्द रहेको यो गीतमा बिजय अधिकारीले कोरियोग्राफी गरेका छन् । क्यामेरासंगै निर्देशन मिलन शंकर र भिडियो सम्पादन सुप्रिम पराजुलीले गरेका छन् भने गीतमा मोडलिङ अन्जु सोहान अजितले आर्कषण ढगंले प्रस्तुत गरेका छन् ।

पेशाले शिक्षक भएपनि चन्द्रसिं तमुले यस अघि पनि बिभिन्न सफल म्युजिक भिडियो सार्बजानिक गर्दै आएका छन् । गीत संगीतप्रति अगाध प्रेम गर्ने तमु सिन्धुपाल्चोकको चौतारामा जन्मिएका हुन् भने हाल सिन्धुपाल्चोककै कुञ्चोकको महेन्द्र माध्यमिक बिद्यालयमा अध्यापन गराउँदै आएका छन् । सोही बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थीहरुलाई नियमित अध्यापन र अतिरिक्त संगीत पनि सिकाउदै आएका तमुले यस अघि पनि महेन्द्र माध्यमिक बिद्यालयको आयोजनामा पाठशाला नामक गीति एल्बम नै एसियन म्युजिकको सहकार्यमा प्रस्तुत गरिसकेका छन् । उक्त एल्बममा सोही बिद्यालय र अन्य बिद्यालयका साना भाई बहिनीको स्वरमा पाठशाला निकै चर्चित एल्बम बजारमा ल्याएका थिए । सो एल्बम सिन्धुपाल्चोकका धेरैजसो बिद्यालयमा पु¥याएका छन् । एल्बममा समाबेश गरिएको सरस्वती बन्दना सिन्धुपाल्चोकका धेरै बिद्यालयले आफ्नो दैनिक प्रार्थना गीत बनाएका छन् । उनी एक असल रेडियोकर्मी पनि हुन् । तमुले चौताराबाट प्रसारण हुने रेडियो सिन्धुमा साप्ताहिक कार्यक्रम संगीत मेला कार्यक्रम पनि संचालन गर्दै आइरहेका छन् ।

माया प्रेम र सुन्दर प्रकृतिको छटामा रम्ने तमुले थुप्रै म्युजिक भिडियो बजारमा सार्बजनिक गरिसकेका छन् ।  हाल उनले बजारमा ल्याएको साहारा म्युजिक भिडियोेले पनि धेरै चर्चा कमाइरहेको छ । उक्त म्युजिक भिडियो हेर्नको लागि युट्युबमा गई चन्द्रसिं तमु सर्च गरि हेर्न र प्रतिक्रिया पनि दिन श्रोता तथा दर्शकलाई गायकले अनुरोध गरेका छन् ।

तल म्युजिक भिडियो हेर्नुहोस् ।