Digital Newspaper of Nepal
| Monday, 10 December 2018
Subscribe Google+
Smart 4G

धेरै देशमा खेल्ने क्रिकेटरको सूचीमा सन्दिप

NIC Bank, Long AD

September 21, 2018

काठमाडौं । नेपालका सन्दिप लामिछानेले छोटो समयमा नै धेरै देशमा खेल्ने क्रिकेटर बनेका छन् । १८ वर्षीय सन्दिपले सन् २०१८ मा इण्डियन प्रिमियर लिग ९आईपीएल०मा डेब्यू गरेका थिए । दिल्ली डेयरडेभिल्सबाट खेलेका उनले आईपीएलमा आफ्नो प्रभाव छाड्न सफल भए ।
त्यसपछि उनी लगातार टी(२० लिग खेलिरहेका छन् । क्रिकइन्फोको ‘द क्रिकेट मन्थ्ली‘को यो संस्करणमा धेरै क्रिकेट खेल्ने क्रिकेटरहरुबारे चर्चा गरिएको छ, जसमा सन्दिप लामिछाने पनि अटाएका छन् ।
धेरै देशमा क्रिकेट खेल्ने खेलाडीहरुको सूचीमा अफगानिस्तानका मोहम्मद नाबी र रसिद खान शीर्ष स्थानमा छन् । दुबैले अहिलेसम्म १० देशमा खेलेका छन् ।
पाकिस्तानका शोएब मल्लिक र शादाब खान र बंगलादेशका तमिम इकबाले ९(९ देशमा टी(२० खेलेका छन् ।
नेपालका सन्दिपले पनि ९ देशमै टी(२० क्रिकेट खेलेका छन् । उनी पछिल्लो पटक अफगानिस्तान प्रिमियर लिगको पहिलो संस्करणमै नन्गाहर टिमबाट खेल्दैछन् ।