Digital Newspaper of Nepal
| Wednesday, 21 August 2019

जर्जियामा गुरुङ तमु ल्होसार धुमाधामका साथ मनाइयो

January 7, 2019

 

क्लार्कस्टन । भुट्निज गुरुङ सोसाइटी अफ जर्जियाको आयोजनामा अमेरिकाको जर्जिया, क्लार्कस्टनमा गुरुङ समुदायको पवित्र चाड तमु ल्होसार धुमधामका साथ मनाइएको छ ।
निकै नै आकर्षक विविध साँस्कृतिक प्रस्तुतिसहित सम्पन्न कार्यक्रममा जर्जिया, नर्थ क्यारोलाइनामा रहेका गुरुङ समुदायका मानिसहरु आ आफ्नो मौलिक भेषभुषामा उपस्थित भएका थिए साथै अन्य समुदायका मानिसहरुको पनि उल्लेख्य उपस्थिती रहेको थियो । कार्यक्रममा गुरुङ समुदायका अगुवा तथा समाजसेवी अगम गुरुङले उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि सन्चारकर्मी प्रेम बानियाँले आफ्नो संस्कृति र परम्परा जोगाउन गरिएको प्रयास अत्यन्तै प्रशंसनीय र अनुपम भएको बताउँदै अमेरिकामा अन्य देशका मानिसहरुको तुलनामा नेपालीभाषीहरुले गरेको काम ऐतिहासिक रहेको र यस्तो प्रयासलाई आगामी दिनमा पनि जारी राख्नुपर्ने धारणा राख्नु भयो ।


कार्यक्रममा लोक संगीतका अनुसन्धान कर्ता तथा गायक नवीन खड्काले आफ्नो मौलिक प्रस्तुति दिदा कार्यक्रममा उपस्थित सबैले भरपुर मनोरन्जन लिएका थिए । कार्यक्रममा जर्जियाका लागि नेपालका पर्यटनदूत राजा घले, सन्चारकर्मी संगम बानियाँ, भुट्निज सोसाइटीका विभिन्न संघसंस्थाका प्रतिनिधी अतिथिको रुपमा सहभागी भएका थिए । कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै सहयोग र साथको अपेक्षा गरेको भुटनिज गुरुङ सोसाइटी अफ जर्जियाका अध्यक्ष मनोज गुरुङ बताउनु भयो । भुटनिज गुरुङ सोसाइटी अफ जर्जियाका तर्फबाट मौलिक संगीत नृत्य, गीतका साथै आफ्नो संस्कृति जगेर्ना गर्न विविध कार्यक्रम गरिएको थियो ।