काठमाडौं । आज काठमाडौं उपत्यकाको जनजीवन सामान्य देखिएको छ।
सर्वसाधारणहरू आफ्नो दैनिकिमा फर्किएका छन् । नयाँ अन्तरिम सरकार गठन भएसँगै शान्ति सुरक्षाको अवस्था सामान्य रहेको छ।

भ्रष्टाचारविरुद्ध आन्दोलन गरेका जेनजी पुस्ताको माग अनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन गरिएको छ।






