काठमाडौं। नयाँ वर्ष २०८३ को पहिलो दिन नेपाली बजारमा सुनको मूल्य तीन हजार एक सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार १०० रुपैयाँले बढेर प्रतितोला २ लाख ९९ हजार ८०० रुपैयाँ कायम भएको छ। यसअघि सुन प्रतितोला २ लाख ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्यमा पनि आज बढेको छ । चाँदी आज प्रतितोला १६५ रुपैयाँले बढेर ५ हजार ६५ रुपैयाँ पुगेको छ। हिजो चाँदी प्रतितोला ४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।






