म्याग्दी । धौलागिरि हिमालमा चालु वसन्तयामको आरोहण सुरु भएको छ । धौलागिरि गाउँपालिका–४ स्थित विश्वको सातौँ (आठ हजार १६७ मिटर) रहेको छ ।
इमेजिन नेपाल कम्पनीमार्फत आरोहणका लागि गएका चार विदेशी र पाँच नेपालीले शनिबार चालु वसन्तयामको पहिलो सफल आरोहण गरेका हुन् । चीनका लिउ होङ, लिउ यिशी, वाङ, झोङ, स्विटजरल्याण्डका क्रिस्टिन भोगोन्डी, नेपालका फुर ग्याल्जेन शेर्पा, पासाङ नाम्गेल शेर्पा, किली पेम्बा शेर्पा, ङिमा नुरु शेर्पा र पेम्बा छिरी शेर्पाको टोलीले धौलागिरिको सफल आरोहण गरेका इमेजिन नेपालले जनाएको छ ।

शनिबार दिउँसो ११ः४० बजे धौलागिरिको चुचुरोमा पुगेको आरोहण टोली सकुशल रूपमा तेस्रो आधार शिविरमा फर्किएको आरोहण टोलीको नेतृत्व गरेका फुर ग्याल्जेन शेर्पाले बताए । शेर्पाहरूको टोलीले हिउँमा डोरी तानेर बाटो तयार पारेपछि उनीहरूको सहयोगमा आरोही चुचुरोमा पुगेका हुन् ।






